एक करोड भारतिय रुपैयाँ सहित ९ जना कञ्चनपुरबाट नेपाली पक्राउ

  बिहिबार २८, भदौ २०८० १२:२७

धनगढी। भारतबाट चोरी गरेर ल्याएको एक करोड रकमसहित ९ जना नेपाली पक्राउ परेका छन्। कञ्चनपुरको बेलौरी र पुनर्वाससँग सीमाना जोडिएको पिलिभित जिल्लाको सम्पूर्णानगर क्षेत्रमा ९ जना चोरीको रकमसहित समातिएका बताइएको छ।

उनीहरुले सोमवार राति दिल्लीबाट उक्त मात्रामा पैसा चोरेर ल्याएकोमा मंगलवार राति पक्राउ परेका बताइएको छ। पक्राउ पर्नेहरुको नाम खुलाइएको छैन। यसबारे भारतीय प्रहरीले नेपाल प्रहरी र सशस्त्रलाई समेत विस्तृत विवरण दिएको छैन।

पक्राउ परेकाहरुमध्ये बाजुरा, अछाम र बझाङका रहेको पाइएको छ। सशस्त्र सुदूरपश्चिमका डिआइजी कुमार न्यौपानेले पनि भारतीय प्रहरीले चोरी गरेको पैसासहित नेपाली पक्राउ परेको जानकारी आएको बताए। यस्तै, उनले त्यहाँको प्रहरीले उनीहरुलाई समातेकाले नेपालको सशस्त्रसंग समन्वय नगरेको बताए।

clock बिहिबार २८, भदौ २०८० १२:२७

प्रतिक्रिया