एसपीए कलेजको विद्यार्थी परिषदमा कृष्ण पुजाराको प्यानल बिजयी

  बिहिबार २८, भदौ २०८० ०९:४१

धनगढी । एसपीए कलेजको विद्यार्थी परिषदमा कृष्ण पुजाराको प्यानल विजयी भएको छ । अध्यक्षमा स्वतन्त्र विद्यार्थी परिषदका उमेद्वार कृष्ण पुजारा निर्वाचित भएका छन् । बुधबार भएको परिषदको मतदानबाट प्रतिद्वन्दी सुलभ थापालाई हराउदै पुजाराको पुरै प्यानल विजयी भएका हुन् । 

बिजयी पुजाराले २१४ मत पाएका हुन् भने थापाले १६३ मत प्रप्त गरेका थिए । उपाध्यक्ष भवन बिष्टले २०४ महिला उपाध्यक्ष आयुष्मा जोशी २०४ मत, सचिव निशान्त बमले २३० मत, सहसचिव निरकमल उपाध्याय २३० मत र कोषाध्यक्ष हेम जोशीले २३० मत प्राप्त गरेका हुन् ।

त्यसैगरी ललित महतोले २२५ मत, योगेन्द्र चन्दले २२३ मत, गायत्री जोशीले २२३ मत, नविन रानाले २१७ मत, प्रतिमा शाहीले २२० मत, कबिराज खत्रीले २३५ मत प्राप्त गरी विजय भएका छन् ।

कुल ८६९ मत रहेको बिद्यार्थी परिषदमा ५१७ मत खसेका थिए भने ४७ मत बदर भएका थिए । एसपीए विद्यार्थी परिषद् पूर्णतयास् गैर राजनीतिक विद्यार्थीहरुको साझा मञ्च हो ।

clock बिहिबार २८, भदौ २०८० ०९:४१

प्रतिक्रिया