एमाले पार्टीले आधा झण्डा झुकाइ तीन दिनसम्म सबै कार्यक्रम स्थगित गर्ने

  मङ्गलबार २६, भदौ २०८० १४:०५

काठमाण्डौ। नेकपा एमालेले पार्टी उपाध्यक्ष एवम् संसदीय दलका उपनेता सुवास नेम्वाङको शोकमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

केन्द्रीय सचिवालयको आकस्मिक बैठकले नेम्वाङको निधनमा विशेष शोक प्रस्ताव पारित गर्दै पार्टीका केन्द्रीय, प्रदेश र जिल्ला कार्यालयमा तीन दिन शोक पुस्तिका राख्ने निर्णय गरेको एमाले सचिव योगेश भट्टराईले जानकारी दिए ।

यस्तै, एमालेले तीन दिनसम्म पार्टी र सम्बद्ध जनसङ्गठनका सबै कार्यक्रम स्थगित गर्ने भएको छ ।  बैठकले असोज २ गते केन्द्र र प्रदेशमा श्रद्धाञ्जली  सभा आयोजना गर्ने पनि निर्णय गरेको सचिव भट्टराईले जानकारी दिए । 

clock मङ्गलबार २६, भदौ २०८० १४:०५

प्रतिक्रिया