संविधानसभा अध्यक्ष एवं नेकपा एमाले उपाध्यक्ष नेम्वाङको निधन

  मङ्गलबार २६, भदौ २०८० ०६:१४

काठमाडौं । संविधानसभा अध्यक्ष एवं नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको ७१ वर्षको उमेरमा हृदयाघातबाट निधन भएको छ ।

उहाँलाई घरमै हृदयाघात भएकोमा उपचारका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो । तर उहाँको बाटोमै निधन भएको जनाइएको छ । शिक्षण अस्पतालका इमरजेन्सी विभागका प्रमुख डा। रमेश महर्जनका अनुसार, उहाँलाई राती १स्२० बजे अस्पताल ल्याएको थियो ।

नेम्वाङको निधनको खबर पाए लगतै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरु अस्पताल पुगेका हुन् ।

एमाले उपाध्यक्ष समेत रहेका नेम्बाङ २०६४ साल र २०७० सालको दुवै संविधानसभाका अध्यक्ष थिए । उनी हाल इलाम–२ बाट प्रतिनिधि सभामा निर्वाचित सांंसद हुन् ।

अहिले एमाले अध्यक्ष केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायतका नेता अहिले शिक्षण अस्पतालमा छन् ।

७० वर्षीय नेम्बाङको जन्म इलाम जिल्लाको सुन्तलाबारीमा भएको हो । उनले कानुनमा स्नातक (बीएल) गरेका थिए । संविधानसभा अध्यक्ष हुनुअघि उनी यसअघिको व्यवस्थापिका संसदको पनि सभामुख थिए ।

त्यसअघि २०४८ र २०५२ मा गरी उहाँले दुई पटक राष्ट्रिय सभाको अध्यक्षको जिम्मेदारी सम्हालेका थिए । २०५६ को संसदीय निर्वाचनमा विजयी नेम्वाङ कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री, सामान्य प्रशासन मन्त्री र संसदको सार्वजनिक लेखा समितिको अध्यक्ष समेत भएका थिए ।

कानुन व्यवसायीका रुपमा परिचित नेम्वाङ नेपाल बार एसोसिएसनको महासचिवको भएका थिए । उनी २०२९ सालमा अनेरास्ववियुको अध्यक्ष समेत भए ।

clock मङ्गलबार २६, भदौ २०८० ०६:१४

प्रतिक्रिया