कीर्तिपुर मैदानमा तत्काल आधुनिक फ्लट लाइट र स्कोर बोर्ड राख्न प्रधानमन्त्रीको निर्देशन

  शुक्रबार ०३, चैत २०७९ १३:१६

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले उनले कीर्तिपुर मैदानमा तत्काल आधुनिक फ्लट लाइट र स्कोर बोर्ड जडान गर्न राष्ट्रिय खेलकुद परिषद्लाई निर्देशन दिएका छन् । प्रधानमन्त्री दाहालले सुविधासम्पन्न क्रिकेट रंगशाला निर्माण कार्य तिब्रताका साथ अघि बढाउन सरकारको तर्फबाट प्रयास भइरहेको बताउँदै खेलाडीहरुलाई पुरस्कार समेत घोषणा गरेका छन् ।

आएसीसी विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएका सबै खेलाडीहरुलाई जनही तीन लाख रुपैयाँ पुरस्कार दिने घोषणा हुन् । शुक्रवार विजेता टोलीलाई सरकारी निवास बालुवाटारमा बोलाएर उनले भने, ‘तपाईहरुले खेल्नुभएको यो खेलमा तपाईहरु सबै धन्यवादको पात्र बन्नुभएको छ । सम्पूर्ण विजेता खेलाडीहरुलाई सरकारको तर्फबट तीन तीन लाख दिने घोषणा गर्दछु ।’

उनले कीर्तिपुरस्थित क्रिकेट मैदानमा जाँदा त्यहाँको व्यवस्थापन पक्ष कमजोर देखेको बताउँदै सुधारका लागि निर्देशन दिएका बताए । उनले भने, ‘मैले हिजो फल्ट लाइट र स्कोर बोर्ड फेर्न तत्काल अघि बढाउन राष्ट्रिय खेलकुद परिषद्लाई निर्देशन दिएको छु । त्यसका लागि आवश्यक साधन श्रोतको व्यवस्था सरकारकाले गर्नेछ ।

सुविधासम्पन्न क्रिकेट रंगशाला निर्माण कार्य तिब्रताका साथ अघि बढाउन सरकारको तर्फबाट प्रयास भइरहेको छ । देशका विभिन्न ठाउँमा, अझ चितवनमा त्यहाँ देखिएका समस्याहरुलाई हेरेर हामी अघि बढीरहेका छौँ ।’ प्रधानमन्त्री दाहालले चितवनमा बन्न लागेको अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशालाका समस्या समाधान गरी सरकारले तिब्र गतिमा काम अघि बढाइरहेको पनि बताए ।

clock शुक्रबार ०३, चैत २०७९ १३:१६

प्रतिक्रिया