प्रदेश सरकारले गोदावरी र धनगढीलाई जोड्ने गरी राजधानी स्थापना गर्दै
धनगढी । सुदूर पश्चिम प्रदेश सरकारले गोदावरी नगरपालिका र धनगढी उपमहानगरपालिकालाई जोड्ने गरी प्रदेशको राजधानी स्थापना गर्ने तयारी थालेको छ ।
बिगतको सरकारले गोदावरी नगरपालिकाको तेघरीलाई प्रदेश राजधानी बनाउने निर्णय गरेपनि जमीनको स्वामित्व र बजेट नहुदा राजधानी निर्माणको प्रकृया अघि बढाउन सकेको थिएन ।
हाल धनगढीमा रहेका मन्त्रालयहरुबाटै प्रदेश सरकार चलाउने र गोदावरी नगरपालिकाको गेटामा मन्त्रीहरुको आवास निर्माण गर्ने सोच रहेको प्रदेश सरकारका एक मन्त्रीले बताए ।
विकासका लागि बजेट छैन । नयाँ मन्त्रालय र राजधानी निर्माण गर्न कहाँबाट बजेट ल्याउने ? उनले भने, राजधानी निर्माणभन्दा पनि बिकास हाम्रो प्राथमिकतामा छ ।
उनले धनगढीबाट डडेल्धुरामा राजधानी सार्ने कुरामा कुनै सत्यता नरहेको समेत बताए । हालको बजेटले तेघरीमा राजधानी निर्माण गर्न नसकिने विद्यमान प्रदेश सरकारको ठहर छ ।
सोही कारण दुबै पालिकाकाको भावनालाई सम्बोधन गर्दै धनगढीमा मन्त्रालय र गोदावरीमा आवास निर्माण गरिने प्रदेश सरकारका मन्त्रीले बताए ।
प्रतिक्रिया