धनगढीमा आधारभुत अग्नि नियन्त्रण तथा उद्धार तालिम

  शनिबार २३, भदौ २०८० ११:००

धनगढी। धनगढीमा ४ दिने आधारभुत अग्नि नियन्त्रण तथा उद्धार तालिम दिइएको छ। धनगढी उप-महानगरपालिकाद्वारा सञ्चालित सुपर परियोजनाको आयोजनामा भदौ १९ गते देखी सञ्चालन भएको उक्त आज समापन भएको हो।

नगर प्रहरी र दमकल इकाईमा कार्यरत २६ जना कर्मचारीहरूलाई आधारभूत अग्नि नियन्त्रण तथा उद्दार तालिम दिइएको हो। अग्नि नियन्त्रण कसरी गर्ने र उद्धार कसरी गर्ने भन्ने बारेमा सहभागीलाई बिभिन्न सिप,तालिम तथा अभ्यास सिकाइएको तालिम प्रशिक्षक किशोर भट्टाईले जानकारी दिए।

 उनले फायर साइडमा पानी कसरी सप्लाई गर्ने, ६/७ तला भएको घरमाथी पानी कसरी लैजाने, आगलागी भएको क्षेत्रबाट मानिसहरुको उद्धार कसरी गर्ने, औषधी उपचार कसरी गर्ने सम्बन्धी तालिम दिइएको जानकारी दिए।

नगर प्रहरी कृष्ण भट्टले अग्नि नियन्त्रण तथा उद्धार तालिम निकै उपयोगी रहेको जानकारी गराए। तालिम लिनु भन्दा पहिला अग्नि नियन्त्रण तथा उद्धार कसरी गर्ने भन्नेमा अनबिज्ञता रहेकोले ४ दिनको तालिम लिएपछि अग्नि नियन्त्रण तथा उद्धार गर्न आफुमा निकै परिर्वतन आएको महसुश गरे। 

उपमहानगरपालीका भित्रमा आगलागीका बिभिन्न घटनाहरु भैराख्ने हुनाले यस तालिमबाट आगलागीबाट हुने क्षती र पिडीतहरु लाई उद्धार गर्न सहयोग मिलेको बताए। यस्तै तालिम समापनका प्रमुख अतिथी नगर प्रमुख गोपाल हमालले नगर प्रहरीले उपमहानगरवासीको मन जित्नेगरी काम गर्न निर्देशन दिएका छन्। 

बिभिन्न विपदजन्य घटनामा नगर प्रहरीले नगरवासीको अपेक्षा र गुनासोलाई सम्बोधन गर्नुपर्नेमा जोड दिए। एक पालीकामा बिपद घटनाका बेला अर्को पालीकाले पनी सहकार्य गरे थप सहजता र सहकार्य हुने बिश्वास लिए । यस्मा उपमहानगरपालीकाले गर्नुपर्ने सहयोग नगर प्रमुख हमालको प्रतिबद्धता छ।

clock शनिबार २३, भदौ २०८० ११:००

प्रतिक्रिया