देउडा सुदूरपश्चिमको पहिचान हो, अन्तर्राष्ट्रियकरण गर्नुपर्छः मन्त्री साउद

  शनिबार २३, भदौ २०८० १०:२७

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री झपट साउदले देउडा संस्कृति सुदूरपश्चिमको पहिचान भएको बताएका छन् । उनले देउडा राष्ट्रिकरण भइसकेको बताउँदै अन्तर्राष्ट्रियकरण गर्न आवश्यक भएको समेत बताए ।

‘हाम्रो संस्कृति, हाम्रो पहिचानले कैलालीमा आयोजना गरेको देउडा कार्यक्रममा बोल्दै मन्त्री साउदले सांस्कृतिक एकता नभएसम्म बलियो राज्य बन्न नसक्ने बताउँदै मन्त्री साउदले भने, “देउडा सुदूरपश्चिमको पहिचान हो, यो राष्ट्रियकरण भइसकेको छ ।

प्रधानमन्त्रीज्यूले गौरालाई राष्ट्रिय चाडको रुपमा मनाउने सरकारले निर्णय गर्ने प्रतिवद्धता जनाइसक्नुभएको छ । अब अन्तर्राष्ट्रियकरण गर्नुपर्छ ।” सुदूरपश्चिममा फरकफरक संस्कृति भएपनि एक अर्कालाई सम्मान गरिरहेको बताए । पहाड र तराईमा फरकफरक संस्कृति भएको भएपनि एकले अर्कालाई सम्मान गरिरहेको बताए ।

मन्त्री साउदले संस्कृति बलियो भएमात्रै राज्य बलियो हुने भन्दै भने, “यहाँ फरकफरक संस्कृति छ, पहाडले तराईको संस्कृतिलाई सम्मान गरेको छ । तराईले पहाडको संस्कृतिको सम्मान गरेको छ । यही हो हाम्रो पहिचान । संस्कृति बलियो भएमात्रै राज्य बलियो हुन्छ ।”

सुदूरपश्चिम प्रदेशमा हिमाल, पहाड र तराईमा फरकफरक संस्कृति भएपनि बलियो एकता भएको समेत बताए । “हिमाल तथा पहाड र तराईमा रहनसहन र संस्कार र संस्कृति फरक छ तर बलियो एकता छ । यो नै हाम्रो पहिचान हो” मन्त्रीले भने । उनले सांस्कृतिक एकता खलबलिए समाज नै तहसनहस हुने बताए ।

कार्यक्रममा बोल्दै मन्त्री साउदले विश्वभर छरिएर रहेका नेपालीमाझ देउडा संस्कृति पुर्याउने पर्नेमा जोड दिए । उनले प्रदेश सरकारले सबै समुदायका चाड पर्व तथा संस्कृतिलाई सम्मान गर्दै समान संरक्षण सम्वर्धन गर्ने प्रतिवद्धता समेत जनाए ।

clock शनिबार २३, भदौ २०८० १०:२७

प्रतिक्रिया