सेमिफाइनलमा पराजित भएपछि टी-२० विश्वकपको एसियाली छनोट चरणबाटै बाहिरियो नेपाल

  शुक्रबार २२, भदौ २०८० ११:०५

काठमाडौं । नेपाल मलेसियामा जारी महिला टी-२० विश्वकपको एसियाली छनोटबाटै बाहिरिएको छ । 

शुक्रबार बिहान सम्पन्न खेलमा नेपालले थाइल्यान्डसंग ४६ रनको हार व्यहोर्यो ।

१०६ रनको लक्ष्य पाएको नेपालले १९.३ ओभरमा सबै विकेट गुमाएर ५९ रनमात्र जोड्यो । 

नेपालका लागि कविता कुँवरले १७ तथा अप्सरा बेगम र कविता जोशीले १०/१० रन बनाए । 

आजको जीतसँगै थाइल्यान्ड विश्वकपको विश्वस्तरको छनोटमा पुगेको छ ।

clock शुक्रबार २२, भदौ २०८० ११:०५

प्रतिक्रिया