बाजुराको पाण्डुसैनमा घर भित्रै महिलाको शव भेटियो, हत्याको आशंका

  बिहिबार २१, भदौ २०८० १६:०५

बाजुरा । बाजुराको बुढीनन्दा नगरपालिका १० पाण्डुसैन बस्ने जयपुरा शाही आफ्नै मृत अवस्थामा भेटिएकी छन् । घाँटीमा डोरी बाँधिएको र अनुहार सहीत शरिरमा निगडाम भएको अवस्थामा शाही मृत भेटिएको आफन्तले बताएका छन् ।

लामो समयदेखि माइती घरमा एक्लै बस्दै आएकी करिब ५५ वर्षकी शाहीको हत्या कि आत्महत्या भन्नेमा अनुसन्धान भइरहेको छ । आफन्तले श्रीकृष्ण जन्मअष्टमीको दिन पनि बाहिर नदेखिए पछि घर भित्र गएर खबर गर्न खोज्दा मृत अवस्थामा भेटिएको छिमेकी केशर कुमार बोहराले बताएका छन् ।

घर भित्र २ वटा गीलास, सुप सहीतको चाउचाउ सँगै राखिएको छेउमै धाँटीमा डोरी बाँधेर सुताएको अवस्थामा शाही फेला परेकी हुन् । घरमै सानो पसल गरि बस्ने शाहीको हत्या गरिएको आफन्तको दाबी छ ।

सुताएकै अवस्थामा धाँटीमा पासो लगाएर मर्ने अवस्था नहुने र मर्नुको कुनै कारण समेत नरहेकोले हत्या गरिएको उनीहरुको दाबी छ ।
 

clock बिहिबार २१, भदौ २०८० १६:०५

प्रतिक्रिया