शिक्षक शिक्षिका खोज उद्धारमा सक्रिय

२७ भदौ २०७९, सोमवार

दार्चुला, २७ भदौ । दार्चुलाको महेन्द्र नमूना माध्यमिक विद्यालयका शिक्षक शिक्षिका बाढी प्रभावितको खोज उद्धारमा सक्रिय भएका छन् । 

महाकाली नगरपालिकाले सोमबार शोक बिदा दिएपछि शिक्षक शिक्षिकाहरु बिदा मनाउनुभन्दा खोज उद्धारमा सक्रिय भएका हुन ।

महेन्द्रका प्राध्यापकसहित शिक्षकहरु उद्धारको कार्य गरिरहेका छन् । शुक्रबारराति आएको विनाशकारी बाढीले दार्चुलाई क्षतविक्षत बनाएको छ ।

बाढी पहिरोमा परी पाँच जनाको ज्यान गएको छ । १० जना अझै बेपत्ता छन् । आठ जना घाइते भएका छन् । घाइतेहरुको उपचार भइरहेको छ ।

Share This:
No News Were Available