कञ्चनपुरमा ७० वर्षीया वृद्धामाथि गिद्दे नजर लगाउने ३२ वर्षका युवक पक्राउ

  शनिबार १६, भदौ २०८० ०९:५०

कञ्चनपुर । कञ्चनपुुरमा ७० वर्षीया वृद्धा माथि बलात्कार गर्न खोज्ने युवक पक्राउ परेका छन्। 

जबरजस्ती करणी उद्योग गरेको अभियोगमा दोधाराचाँदनी नगरपालिका–७ बस्ने ३२ वर्षीय गणेश सुनारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

सुनारले वृद्धालाई भदौ १४ गते राति घरमा सुतेको अवस्थामा जबरजस्ती करणी उद्योग गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय दोधाराको टोलीले पक्राउ गरेको हो।

उक्त विषयम थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

clock शनिबार १६, भदौ २०८० ०९:५०

प्रतिक्रिया