सितोरियो कराते संघ कैलालीको अध्यक्षमा ललित खत्री सर्वसहमत निर्वाचित

  शनिबार १६, भदौ २०८० ०९:४४

धनगढी । नेपाल सितोरियो कराते संघ कैलालीका लागि नयाँ कार्यसमिति सर्वसहमत निर्वाचित भएको छ। धनगढीमा भएको जिल्ला अधिवेशनबाट ललित खत्रीको अध्यक्षतामा २१ कार्यसमिति सदस्य सर्वसहमत निर्वाचित भएको हो।

संघको उपाध्यक्षमा बालकुमार महतो, आशाराम चौधरी, अशोक शाह, डब्बर साउँद, सचिव बर्श साउँद, सह–सचिव राजेश चौधरी र कोषाध्यक्षमा सन्तोष लामिछाने सर्वसहमत निर्वाचित भएका छन्।

त्यस्तै सदस्यमा राजेन्द्र चौधरी, लोकेश पार्की, दिनेश श्रेष्ठ, विष्णु डगौरा, सन्तोष विक तथा हरेन्द्र नाथ सर्वसहमत निर्वाचित भएका हुन्।

त्यस्तै सदस्यमै रकुसिराम चौधरी, दिनानाथ भण्डारी, गणेश कठरिया, देबी चौधरी र पुष्कर गुरुङ चयन भएका छन्।

साथै संघले सुदूरपश्चिम प्रदेश अधिवेशनका लागि पहल शाही, उमा महतो, अमितप्रताव सिंह त्रैलोक्यनाथ पाण्डे गरी पाँच जनालाई प्रतिनिधि छनोट समेत गरेको छ।

clock शनिबार १६, भदौ २०८० ०९:४४

प्रतिक्रिया