डडेल्धुरा कारागारमा आगजनी र तोडफोड गरि कैदीबन्दी भागे
डडेल्धुरा । डडेल्धुरा कारागारमा आगजनी र तोडफोड गरेर कैदीबन्दी भागेका छन् । बुधबार बिहान उनीहरु कारागारमा आगजनी र तोडफोड गरेर भागेका हुन् ।
कारागारमा १ सय २७ जना कैदीबन्दी रहेकोमा ८४ जना भागेका डडेल्धुराका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए । ३३ पुरुष र ९ महिला गरि ४२ जना कारागारमै रहेका उनले बताए ।
कारागारमा आगजनी र तोडफोड गरेर कैदीबन्दी भागेका जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले बताए ।
                    
                                
                        
                                        
                                        
                                            
                                            
                                            
                                            
                                    
                                    
                                    
                                    
                                    
                                            
                        
                        
                        
प्रतिक्रिया