धनगढीमा अटो दुर्घटना हुँदा चालक गंगा केसीको मृत्यु

  शनिबार १६, भदौ २०८० ०९:३३

धनगढी । धनगढीमा अटो दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ ।

धनगढी उपमहानगरपालिका ५ को तारानगरमा से १ ह २८९९ नम्बरको अटो रिक्सा दुर्घटना हुँदा चालक ५० वर्षीय गंगा केसीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार अटो आफैं अनियन्त्रित भएर पल्टिंदा घाइते भएका केसीको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

शुुक्रबार साँझ अटो तारानगरबाट राष्ट्र बैंक चोकतर्फ आउने क्रममा भित्रि सडकखण्डमा दुर्घटनामा परेको थियो । मृतकको शव परीक्षणका लागि प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ ।

clock शनिबार १६, भदौ २०८० ०९:३३

प्रतिक्रिया