अत्तरीयामा असोज १७ देखि लोटस आई किर्केट कप हुने

  शुक्रबार १५, भदौ २०८० १५:३३

अत्तरिया । कैलालीको अत्तरियामा लोटस आई किर्केट कप हुने भएको छ । लोटस आई अँग्रेजी सेकेन्डरी स्कुलको प्रायोजनमा लोटस आई किर्केट कप प्रतियोगिता हुन लागेको हो ।

आयोजकले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिताको बारेमा जानकारी दिएको हो । क्लबका अध्यक्ष दिपेन्द्र गौतमले इन्टर स्कुल टि ट्वान्टी प्रतियोगिता असोज १७ देखि २६ गते सम्म आयोजना हुने जानकारी दिए ।

प्रायोजक संस्थाका प्रमुख गिरीराज कडायतले यो प्रतियोगिता बिधालय र बिद्यार्थीको लागि ठूलो अबसर रहेको बताए । उनले प्रतियोगिता मार्फत नंया खेलाडी र उनिहरुको क्षमता बाहिर आउने भएकाले सहकार्य गरिएको बताए ।

प्रतियोगितामा प्रदेशभरका ८ वटा टिमको सहभागीता रहने आयोजकले जनाएको छ । प्रतियोगितामा पहिलो हुने टिमले नगद १ लाख , ट्रफी र मेडल उपलब्ध गराइने भएको छ । यस्तै दोस्रो हुने टिमले ५१ हजार नगद ट्रफी र मेडल पाउने छ ।

प्रतियोगितामा सर्बोत्तकृष्ट खेलाडी, उत्कृष्ट ब्याटर र बलरलाई पनि पुरुष्कारको ब्यबस्था गरिएको छ । प्रतियोगिता अन्तर्गतका खेलहरु लिग चरणमा खेलाइने छ ।

प्रतियोगिताको कुल लगानी १२ लाख रहने क्लबका अध्यक्ष गौतमले बताए । उक्त क्लब २०७९ सालमा स्थापना भएको हो ।

clock शुक्रबार १५, भदौ २०८० १५:३३

प्रतिक्रिया