कैलालीमा बसले मोटरसाइकललाई ठक्कर दियो, एक जना गम्भीर

  शुक्रबार १५, भदौ २०८० १४:३९

धनगढी । कैलालीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जना गम्भीर घाइते भएका छन् ।

जिल्लाको लम्की चुहा नगरपालिका– ४ बलिया बजारमा ना५ख ९४०८ नम्बरको बसले सुदूरपश्चिम प्रदेश ०१००९ प ९८९३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा लम्कीचुहा नगरपालिका६ चैनपुरका २० वर्षीय निर्मल कटेल गम्भीर घाइते भएका हुन् ।

इलाका प्रहरी कार्यालय लम्कीका अनुसार घाइते कटेललाई लालरत्न अस्पतालमा सामान्य उपचारपछि नेपालगन्ज रेफर गरिएको छ ।

बस र चालक भजनी नगरपालिका७ का २९ वर्षीय रामकुमार चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

clock शुक्रबार १५, भदौ २०८० १४:३९

प्रतिक्रिया