कैलालीको अत्तरीयाबाट चार लाख ७४ हजार भारुसहित रमेश पक्राउ

  बिहिबार १४, भदौ २०८० १६:१८

धनगढी । कैलालीबाट चार लाख ७४ हजार पाँच सय भारुसहित एक जना पक्राउ परेका छन्। जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर १ वनखेतका ३५ वर्षिय रमेशबहादुर तिरुवा भारु र लागुऔषधसहित पक्राउ परेका हुन्। 

इलाका प्रहरी कार्यालय मालाखेतीले उनीसँग सुर्तीको खोलमा दुई ग्राम एक सय ९० मिलिग्राम लागुऔषध र चार लाख ७४ हजार पाँच सय भारतीय मुद्रासहित पक्रउ गरेको हो। उनले पंखाको काटुनमा भारतीय मुद्रा राखेका थिए। 

भारतीय मुद्राको श्रोत नखुलेकाले बरामद गरिएको हो। उनी इलाका प्रहरी कार्यालय मालाखेतीको नियन्त्रणमा छन्। घटनाको विषयमा थप अनुसन्धान जारी हरेको कैलाली प्रहरीले बताएको छ।

clock बिहिबार १४, भदौ २०८० १६:१८

प्रतिक्रिया