कैलालीको लम्किबाट हातहतियार र गोलीगट्ठा सहित ४ जना पक्राउ

  बिहिबार १४, भदौ २०८० ०८:०२

धनगढी । कैलालीको लम्किबाट हातहतियार र गोलीगट्ठासहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। हिजो (बुधबार) राति जिल्लाको लम्कीचुहा नगरपालिका वडा नं. १ भुरुवाबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा अर्जुन बिक, रामचन्द्र चौधरी ,नरेश डगौरा र सचिन चौधरी रहेका छन्। लम्की प्रहरीको गस्तीमा खटि गएको टोलीले गस्ती गर्दै जाने क्रममा कुन्तीखेत जाने बाटोको छेउमा बसेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।

ृउनिहरुको खानतलासी गर्दा प्वाइन्ट २२ हर्नेट(बन्दुक) नाल १ ,सोको म्यागजिन थान१, सोको गोलि १५ राउण्ड, बारुद ५ ग्राम फेला पारेको थियो। उनीहरूलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

clock बिहिबार १४, भदौ २०८० ०८:०२

प्रतिक्रिया