कस्तो रहला आज दिनभर र राति देशभरको मौसम ?

  बिहिबार १४, भदौ २०८० ०७:५२

काठमाडौँ । नेपालमा हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतिर अवस्थित छ । साथै बंगालको खाडीको उत्तर–पूर्वी भागमा न्यून चापीय प्रणाली विकसित भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

अहिले बिहान देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदली रहने छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

आज राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदली रहने पूर्वानुमान मौसमविद्को छ ।

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको  महाशाखाले बिहान ६ बजे जारी गरेको सूचनामा उल्लेख छ । 

clock बिहिबार १४, भदौ २०८० ०७:५२

प्रतिक्रिया