एसिया कपमा आज साविक विजेता श्रीलंका र बंगलादेश भिड्दै

  बिहिबार १४, भदौ २०८० ०७:३७

काठमाडौं । एसिया कप क्रिकेटअन्तर्गत आज दोस्रो खेलमा सहआयोजक श्रीलंका र बंगलादेश भिड्दैछन् । यो खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ बजे श्रीलंकाको क्यान्डीस्थित पल्लेकेले क्रिकेट रंगशालामा हुनेछ ।

घरेलु मैदानमा आज साविक विजेता स्पष्ट जितको खोजीमा हुनेछ । हुन पनि एकदिवसीय क्रिकेटमा श्रीलंका बंगलादेशमाथि हाबी छ । यी टोलीबीच ५१ प्टक भेट हुँदा श्रीलंकाले ४० खेल जितेको छ । बंगलादेशले भने नौ खेलमा मात्र जित्न सफल भएको छ । यी दुई टोलीबीचका दुई खेल भने नतिजा नआइ सकिएका छन् ।

यता, विगतको इतिहास बिर्सिएर बंगलादेश भने पाँच पटकको विजेता श्रीलंकामाथि आज स्तब्ध नतिजा ल्याउने धुनमा हुनेछ । समूह ‘बी’मा आयोजक श्रीलंका र बंगलादेशसँगै अफगानिस्तान पनि छ । यीमध्ये दुई टोली सुपर फोरमा जानेछन् । समूह बी मा छन् ।

समूह ए मा नेपाल, भारत र पाकिस्तान छन् । पहिलो खेलमा आयोजक पाकिस्तानले नेपाललाई फराकिलो अन्तरले हराइसकको छ ।

भारत एसिया कपको सर्वाधिक ६ पटकको विजेता हो भने पाकिस्तानले दुई पटक जितेको छ । इसिया कप एकदिवसीय र टी–२० दुवै फम्र्याटमा हुँदै आएको छ । यो पटक एकदिवसीय भइरहेको छ ।

clock बिहिबार १४, भदौ २०८० ०७:३७

प्रतिक्रिया