भिरबाट खसेको ढुंगा लागेर दार्चुलाकी पुतली गम्भीर घाइते

  मङ्गलबार १२, भदौ २०८० १३:५०

दार्चुला । भिरबाट खसेको ढुंगा लागेर दार्चुलामा एक महिला गम्भीर घाइते भएकी छिन्।

जिल्लाको नौगाड गाउँपालिका–५ भीडकी ३५ बर्षीया पुतली धामी ढुंगा लागेर घाइते भएकी हुन्। 

मंगलबार बिहान घाँस काटेर घर फर्कने समयमा भिरबाट खसेको ढुंगा लागेर उनी घाइते भएकी हुन्।

गम्भिर घाइते धामीलाई उपचारका लागि गोकुलेश्वर अस्पताल पुगाइको  स्थानीय श्याम धामीले बताए।

clock मङ्गलबार १२, भदौ २०८० १३:५०

प्रतिक्रिया