दुर्गा-दशरथ भट्ट स्मृति प्रतिस्ठानद्वारा तीन अस्पताललाई स्वास्थ सामाग्री हस्तान्तरण

  सोमबार ११, भदौ २०८० १५:१४

धनगढी। कैलालीको अत्तरियास्थीत दुर्गा-दशरथ भट्ट स्मृति प्रतिस्ठानले सुदुरपश्चिमका तीन अस्पताललाई स्वास्थ सामाग्री उपलब्ध गराएको छ । दुर्गा-दशरथ भट्ट स्मृति प्रतिस्ठानले सुदुरपश्चिमका तीन ठुला अस्पताललाई १ करोड २२ लाखको स्वास्थ सामाग्री उपलब्ध गराएको हो।

कैलालीको अत्तरियामा आयोजित एक कार्यक्रम मार्फत प्रतिस्ठानले सेती,डडेल्धुरा र महाकाली अस्पताललाई झन्डै १ करोड २२ लाख बराबर को सामाग्री उपलब्ध गराएको हो ।

प्रतिस्ठानका संरक्षक पुर्बमन्त्री लेखराज भट्टले उक्त सामाग्री सेती अस्पतालका अध्यक्ष निर्मल शाह , डडेलधुरा अस्पताल बिकास समितिका अध्यक्ष करुणाकर भट्ट र महाकाली अस्पतालका अध्यक्ष कृष्णा नन्द भट्टलाई ह्स्तान्तरण गरेका हुन।

सो अबसरमा अस्पतालका अध्यक्षहरुले प्रतिस्ठानले गरेको सहयोग प्रती धन्यवाद दिँदै आगामी दिनमा पनि सहकार्यको अपेक्षा राखेका थिए। प्रतिस्ठानका संरक्षक पुर्बमन्त्री भट्टले आफू राजनीतिमा दुर्गा-दशरथ९बुवा आमा०को प्रेरणाले लागेको बताए ।

उनले आफ्नो जीवन नै राजनीति मा बितेको ले बुवा आमाको नाममा खोलिएको प्रतिस्ठान मार्फत पनि जनता को सेवाको कार्य गरिने बताए ।प्रतिस्ठान संग ह्याम्स अस्पताल काठमाडौले सहकार्य गरेर समाग्री ल्याएको हो।

clock सोमबार ११, भदौ २०८० १५:१४

प्रतिक्रिया