बझाङको सुर्मा र छबिसपाथिभेरामा पाँच दिन लाग्ने विरिजात मेला सुरु

  सोमबार ११, भदौ २०८० १५:०७

बझाङ । बझाङमा विरिजात मेला सुरु भएको छ । सुर्मा र छबिसपाथिभेरा गाउँपालिकामा पाँच दिने लाग्ने मेला सोमबार देखि सुरु भएको हो । तीर्थ यात्रीहरू सोमबारदेखि सुर्मा सरोवरतिर प्रस्थान गरेका छन् ।

समुन्द्र सतहबाट ४ हजार ९ सय मिटरको उचाइमा रहेको सुर्मा सरोबर ताल धार्मिक र पर्यटकीय दृष्टिकोणले निकै महत्त्वपूर्ण मानिन्छ ।

सुर्मा सरोबरमा स्नान गर्नाले मनोकामना पूरा हुने जनविश्वास भएका कारण आफूहरू मेला भर्न जान लागेको छबिसपाथिभेरा गाउँपालिका–७ का बसन्त बोहराले बताए ।

मेला भर्न जिल्लाभित्र र बाहिरका विभिन्न ठाउँबाट तीर्थालु भक्तजन सुर्मा सरोबरतर्फ जाने गरेका छन् ।

clock सोमबार ११, भदौ २०८० १५:०७

प्रतिक्रिया