दार्चुलाको मालिकार्जुनमा भागरथी चन्दको हत्या

  सोमबार ११, भदौ २०८० १३:३०

दार्चुला । दार्चुलामा एक जना एकल बृद्ध महिलाको चक्कु प्रहारगरी हत्या भएको छ । जिल्लाको मालिकार्जुन गाउँपालिका–७ टोपालि टोलका ८० वर्षीया भागरथी चन्दको घाटी र छातीमा चक्कु प्रहार गरेर हत्या गरिएको स्थानीय बताएका छन् ।

स्थानीयका अनुसार महिलाको घाटी र छातीमा आठ दश पटक चक्कु प्रहार भएको देखिएको छ । उनको हत्या गरि घरभन्दा एक सय मिटर पर फालिएको अवस्थामा शव फेला परेको छ ।शनिबारदेखि महिला फेला नपरेको भन्दै आफन्तले प्रहरी चौकीमा आइतबार निवेदन समेत दिएका थिए ।

मृतकका छोरा चक्रबहादुर चन्द आइतबार महेन्द्रनगरबाट घर पुगेपछि बृद्ध जनप्रतिनिधि, प्रहरीले ताला तोडेर घर भित्र पसेका थिए । तर घरमा महिला थिएनन् स्रोतले भन्यो, घरभित्र पनि नभेटेपछि खोजीगर्दै गर्दा सोमबार बिहान ६ः३० बजे उनको शव मृत अवस्थामा भेटिएको हो । 

मृतकको घरमा प्रहरी चौकी जोलजीवि र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले घट्नास्थल जाँच मुचुल्का बनाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिए । शव ल्याउन बाँकी छ उनले भने, किटानी जाहेरी आएको छैन् । जाहेरी कस्तो किसिमले आउँछ सोही अनुसार अघि बढ्छौ  । अहिलेसम्मको घट्नास्थल हेर्दा हत्या भएको देखिन्छ ।

clock सोमबार ११, भदौ २०८० १३:३०

प्रतिक्रिया