दार्चुलामा आत्मदाह प्रयास गरेकी सुनाको मृत्यु

  सोमबार ११, भदौ २०८० ०९:४१

धनगढी । दार्चुलामा शरीरमा मट्टीतेल छर्केर आगो लगाएर आत्मदाहको प्रयास गरेकी महिलाको मृत्यु भएको छ ।

आइतबार घरमा कोही नभएको बेला शरीरमा आगो लगाएकी  शैल्यशिखर नगरपालिका-५ सेतकलाकी ४५ वर्षीया सुना साउँदको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) तर्कराज पाण्डेले गोकुलेश्वर अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि धनगढी ल्याउने क्रममा बाटोमै उनको मृत्यु भएको बताए ।

पाण्डेकाअनुसार बैतडीको पाटन पुग्ने बेला साउँदको मृत्यु भएको थियो ।

घरमा कोही नभएको बेला शरीरमा मट्टीतेल छर्केर आत्मदाहको प्रयास गरेकी साउँदको ८० प्रतिशत शरीर जलिसकेको डीएसपी पाण्डेले बताए ।

प्रहरीका अनुसार घरमा श्रीमान् श्रीमती बस्ने गरेकोमा श्रीमान् बजारतिर गएका बेला उनले आगो लगाएकी थिइन् । उनको आत्महत्याको कारण भने खुलेको छैन ।

clock सोमबार ११, भदौ २०८० ०९:४१

प्रतिक्रिया