पलियामा भिडिओ खिच्ने पत्रकारविरुद्ध मुद्दा, चौतर्फी विरोध

  शनिबार ०९, भदौ २०८० १४:१८

लखिमपुरी । भारतको लखिमपुरी खिरीस्थित पलियामा एक पत्रकारविरुद्ध मुद्दा दायर गरिएको छ। भिडियो छायांकन गरिएको र संस्थाको छवि बिगार्न खोजेको भन्दै पत्रकार शिशिर शुक्लाविरुद्ध मुद्दा  दायर भएको हो।

उनले अस्ति ३ दिन अघिमात्रै त्यहाँको सरकारी किताबखानाबाट किताबहरु कवाडखानामा बिक्री भैरहेको समाचार संकलन गरी भिडियो बनाएका थिए। त्यसपछि उनले त्यहाँका शिक्षा अधिकारीलाई सो विषयमा बुझेका थिए। त्यस लगत्तै ती अधिकारीले पत्रकार शुक्लाविरुद्ध प्रहरीमा मुद्वा दायर गरेका थिए।

अहिले पत्रकारविरुद्ध मुद्दा दर्ता गरेको भन्दै भारतका विभिन्न स्थानमा आन्दोलन तथा प्रदर्शन भैरहेका छन्। पत्रकारिता पेशाको वाक स्वतन्त्रता, पेशागत सुरक्षाको धज्जी उडाउदै भारतजस्तो लोकतान्त्रिक मुलुकमा पनि पत्रकारलाई कानुन लगाएर डरत्रास देखाउनुले भारतको मिडियालाई त्यहाँको सरकारले हेर्ने नजर स्पष्ट पारेको उनीहरुको आरोप छ।

भारतमा अभिव्यक्ति स्वतन्त्रातालाई संविधानले मौलिक हकको रूपमा दिएको छ। त्यहाँको संविधान धारा १९ क मा उल्लेख छ। तर किताबखानको रिपोर्टिङ गर्दा एक पत्रकार पीडित भएको घटनामा प्रहरीले पनि साथ नदिएको शुक्लाको भनाई छ।

clock शनिबार ०९, भदौ २०८० १४:१८

प्रतिक्रिया