कैलालीमा पेट्रोल भनेर पठाएको ट्यांकरमा डिजेल भेटीएपछी .......

  शुक्रबार ०१, भदौ २०८० १४:३०

धनगढी । कैलालीमा पेट्रोल भनेर पठाएको ट्यांकरमा डिजेल फेला परेको छ । बिहीवार नेपाल आयल निगम सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढीले पहलमानपुरको मित्र ट्रेडर्समा पेट्रोल भनेर पठाएको ना ५ ख ७७३ नम्बरको ट्यांकरमा डिजेल फेला परेको हो ।

ट्यांकरमा रहेको पेट्रोल मापन गर्दा मात्रा कम फेला परेको र च्याम्बरबाट पेट्रोल बाल्टीमा निकालेर परीक्षण गर्दा डिजेल मिसावट गरिएको थाहा भएको मित्र ट्रेडर्सका सञ्चालक अजय बमले बताए ।

पेट्रोलमा डिजेल मिसावट गरेको पाइएपछि इलाका प्रहरी कार्यालय सुख्खडले ट्यांकर नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय सुखडका प्रमुख वीरेन्द्र विश्वकर्माले ट्यांकरको एक च्याम्बरको पाइप खोलेर पेट्रोल बाल्टीमा भर्दा ३०र३५ लिटर डिजेल मिसावट भएको देखिएको बताए ।

तर, अघिल्लो पटक डिजेल बोकेको ट्यांकरको पाइपमा रहेको हुन सक्ने बताएका छन् । पुरै ट्यांकरको पेट्रोलमा मिसावट भए नभएको परीक्षणपछि मात्रै थाहा हुने उनले बताए ।

clock शुक्रबार ०१, भदौ २०८० १४:३०

प्रतिक्रिया