चितवनको टिकोली जङ्गलमा ८ गाडी ठोक्किए, २० जना घाइते

  बुधबार ३१, साउन २०८० १५:३७

काठमाडौँ । भरतपुर महानगरपालिका–९ को टिकोली जङ्गलमा ८ वटा गाडी एकै ठाउँमा ठोक्किएका छन् । ८ वटा गाडीहरु ठोकिँदा २० जना घाइते भएका छन् ।

भरतपुरबाट टाँडी जाँदै गरेको ना १ क ६१३१ नम्बरको अक्सफोड कलेज गैँडाकोटको बसले विपरीत दिशाबाट आउँदै गरेको ना २ च ८४४६ नम्बरको शव बोकी देवघाट जाँदै गरेको जीपलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

त्यही दुर्घटनामा बा प्र ०६–००१ प ९९८१, बा प्र ०३–००५ प ९७, ना ६२ प ६०३२, बा प्र ०३–००१ प ४१४७ नम्बरको मोटरसाइकल र बा प्र ०६–००१ प २२९४ र बा प्र ०३–००२ प ४१९८ नम्बरको स्कुटरसहित सबै सवारी साधन आपसमा ठोकिएका थिए ।

घाइतेमध्ये १२ जनाको भरतपुर अस्पतालमा, सात जनाको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल ९पुरानो मेडिकल कलेज० मा र एक जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

clock बुधबार ३१, साउन २०८० १५:३७

प्रतिक्रिया