भारतको महाराष्ट्रमा क्रेन खस्दा १६ मजदुरको मृत्यु

  मङ्गलबार १६, साउन २०८० ११:५५

काठमाडौँ । भारतको महाराष्ट्रमा समृद्धि एक्सप्रेस नामको राजमार्ग निर्माण कार्यमा भएको दुर्घटना १६ मजदुरको मृत्यु भएको छ। घाइतेहरूलाई उपचारका लागि अस्पताल लगिएको छ। उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ।

मंगलबार बिहान शाहपुर नजिकै गर्डर लन्चिङ मेसिन खस्दा मजदुरको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले लेखेका छन्। शव पनि पोष्टमार्टमका लागि अस्पताल पठाइएको छ। जेसीबी र उद्धार टोलीले उद्धार कार्य जारी राखेका छन्। अहिले घटनास्थल खाली गरिँदै छ। 

ठाणे जिल्लाको शाहपुर तहसीलमा रहेको पुलको स्ल्याबमा क्रेन खसेको बताइएको छ। हालसम्म घटनास्थलबाट १४ जनाको शव निकालिएको छ। तीन जना घाइते भएका छन्। अझै ६ जना गर्डरमुनि फसेको आशंका गरिएको छ।

clock मङ्गलबार १६, साउन २०८० ११:५५

प्रतिक्रिया