आगोमा जलेका डोटीका बालकको उपचारमा आर्थिक समस्या

  बुधबार ०३, साउन २०८० १०:३०

डोटी । आगोमा जलेका बालकको उपचारमा आर्थिक समस्या भएको छ। डोटीको सायल गाउँपालिका–२ भुर्केल्लाका रामबहादुर थापाका छोराको उपचारमा समस्या भएको हो। गएको असार महिनामा १४ महिने बालक इशान थापाको आगोमा जलेर शरिरको अधिकांस भाग जलेको थियो।

आगोले जलेका बालकलाई दश दिन नेपालमा उपचार गर्दा उपचार सम्भव नभएपछि अहिले भारतको नयाँ दिल्ली स्थित श्रीगंगाराम अस्पतालमा उपचार भइरहेको सायलका स्थानीयवासी तथा समावसेवी भक्तबहादुर रोकायाले जानकारी दिए। उनका अनुसार आर्थिक अभावका कारण अहिले बालकको उपचारमा समस्या भएको छ।

बालकको उचारमा हाल सम्म एक लाख ६० हजार नेपाली रुपैयाँ खर्च भइकेको र फेरी अप्रेनका लागि ८५ हजार भारु पैसा लाग्ने आफन्तले जनाएका छन्। आर्थिक अभावका कारण मृत्युवरणको दोसाधमा रहेका बालकको जिवन बचाउनका लागि बालकका आफन्त तथा परिवारजनले आर्थिक सहयोगका लागि सबैमा आग्रह गरेका छन्।

बालकका आफन्तले बुवा रामबहादुर थापाको मोवाइल नम्बर ८००९८८३७६६ तथा एचडीएफसी भारतीय बैंकको खाता नम्बर ५०१००५३०३२८३६७ मा उपचारमका लागि आर्थिक सहयोग गरिदिन अपिल गरेका छन्।

clock बुधबार ०३, साउन २०८० १०:३०

प्रतिक्रिया