कैलालीका ४ पालिकामा आज सार्वजनिक बिदा

  मङ्गलबार ०२, साउन २०८० ०९:५३

धनगढी । कैलालीका ४ पालिकामा आज सार्वजनिक बिदा दिइएको छ । कमैया मुक्ति दिवसको अवसरमा ४ पालिकाले आज स्थानीय बिदा दिएका हुन । कैलालीको टीकापुर नगरपालिका, जानकी गाउँपालिका, भजनी नगरपालिका र जोशीपुर गाउँपालिकामा आज  सार्वजनिक बिदा दिइएको हो । 

पालिकादेखि लिएर स्वास्थ्य संस्था, विद्यालयमा बिदा गरिएको पालिकाले सार्वजनिक गरेकोे सूचनामा उल्लेख छ ।

नेपालमा बन्धुवा मजदुरका रूपमा काम गर्दै आएका कमैयालाई तत्कालीन सरकारले २०५७ साल साउन २ गते मुक्त भएको घोषणा गरेको थियो । कमैया बस्नेमा थारु समुदायका व्यक्ति थिए । मुक्त कमैयाहरू कैलालीसहित कञ्चनपुर, बर्दिया, बाँके, दाङ लगायतका जिल्लामा रहेका छन् । 

सरकारले कमैया मुक्तिको घोषणा गरी उनीहरू सबैको पुनर्स्थापना गर्ने र जीविकोपार्जनमा सहयोग पुर्याउने प्रतिबद्धता जनाएको थियो । तर, कमैया मुक्ति घोषणाको दुई दशक नाघेँ पनि अझै सबैको पुनर्स्थापना भइसकेको छैन । पुनर्स्थापना हुन नसकेका, छुट मुक्त कमैया कठिन जीवनयापन गर्न बाध्य छन् ।

clock मङ्गलबार ०२, साउन २०८० ०९:५३

प्रतिक्रिया