देशभर मनसुनी वायुको प्रभाव : सुदूरपश्चिम र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

  मङ्गलबार ०२, साउन २०८० ०६:४१

धनगढी । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान को आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। मंगलबार बिहान देशभर सामान्य देखि पूर्ण बदली रहेको छ ।

साथै गण्डकी र बागमती प्रदेशका धेरै तथा बाँकी प्रदेशहरुका थोरै भू-भागहरुमा हल्का देखी मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा गण्डकी, लुम्बिनी, बागमती र कोशी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा र मधेश प्रदेशका एक वा दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

सुदूरपश्चिम प्रदेशका तथा गण्डकी प्रदेशका एकरदुई स्थानहरुमा मेघरगर्जन/चट्याङ्ग सहित भारी वर्षा को समेत सम्भावना रहेको छ।

यस्तै, मंगलबार राती देशभर आंशिक देखी सामान्य रहनेछ। देशका पहाडी भू(भागका केही स्थानहरूमा र बाँकी भू(भागका एकरदुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

clock मङ्गलबार ०२, साउन २०८० ०६:४१

प्रतिक्रिया