धनगढीमा अश्लील क्रियाकलाप गर्ने स्कुले किशोरी र सहचालक पक्राउ

  मङ्गलबार ०२, साउन २०८० ०६:१४
फाइल फोटो

धनगढी । कैलालीको धनगढीमा एक जोडी अश्लील हर्कतमा फेला परेका छन्। ६ लेन सडकको नेश्ननल ट्रेडिङको ट्याङ्कर पार्किङ स्थलभित्र आपत्तिजनक अवस्थामा एक जोडी फेला परेको हो।

अश्लील हर्कत गरिरहेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। धनगढीको एक नाम चलेको संस्थागत स्कुलमा अध्ययनरत छात्रा र ट्याङकरका सह–चालक आपत्तिजनक अवस्थामा फेला परेका थिए।

स्कुले किशोरी विद्यालय पोशाकमै रहेको समेत पाइएको छ। सार्वजनिक स्थलमा अनैतिक कार्य भएको पाइएपछि प्रहरी टोलीले दुबै जनालाई नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार दुबै जनाले एक अर्काको मोबाइल साटेको भेटिएको छ भने महिला तथा बालबालिका सेलमा राखेर थप कुरा बुझ्ने काम भइरहेको छ। सार्वजनिक स्थलमा ट्याङ्करको क्याबिनमा अश्लील हर्कत भएको देखेपछि स्थानीयले प्रहरीलाई बोलाएका थिए।

clock मङ्गलबार ०२, साउन २०८० ०६:१४

प्रतिक्रिया