नेपालको राष्ट्रिय क्रिकेट टोली 'भारत ए' सँग ९ विकेटले पराजित

  सोमबार ०१, साउन २०८० १९:३६

काठमाडौं । नेपालको राष्ट्रिय क्रिकेट टोली 'भारत ए' सँग पराजित भएको छ। श्रीलंकामा भएको एसीसी मेन्स इमर्जिङ कपको दोस्रो खेलमा भारत एसँग ९ विकेटले पराजित भएको हो।

नेपालले दिएको १६८ रनको लक्ष्य भारतले २२.१ ओभरमा एक विकेटको क्षतिमा पूरा गर्‍यो। भारतका लागि अभिषेक शर्माले सर्वाधिक ८७ रन बनाए। त्यस्ट्टै साई सुधर्शनले अविजित ५८ रन र ध्रुव जुरेलले अविजित २१ रन बनाए।

यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले ३९.२ ओभरमा अलआउट हुँदै १६७ रन बनाए। नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ६५ रन बनाए। त्यस्तै गुल्सन झाले ३८, देव खनालले १५ र सोमपाल कामीले १४ रन बनाए। अन्य खेलाडीले भने दोहोरो अंकको रन जोड्न सकेन।

नेपालको यो दोस्रो हार हो। यसअघि पाकिस्तानसँग ४ विकेटले पराजित भएको थियो। समूहचरणको अन्तिम खेल नेपालले युएई एसँग खेल्नेछ।

clock सोमबार ०१, साउन २०८० १९:३६

प्रतिक्रिया