कैलालीमा जेलरले रूपैयाँ लिएर कैदीलाई भगाएपछी.....

  सोमबार ०१, साउन २०८० १०:०१     विश्वास खबर

धनगढी । कैलालीमा जेलरले रूपैयाँ लिएर कैदीलाई  भगाएका छन् । कैलाली कारागारका प्रमुख पदमराज तिमिल्सेनाले रूपैयाँ लिएर कैदीलाई भगाएको रहस्य खुलेको हो ।

तिमिल्सेनाले लागूऔषध मुद्दामा कैद भुक्तान गरिरहेका गौरिगंगा नगरपालिका ९ का इश्वर पौडेलबाट मोटो रकम लिएर भगाएको कारागार स्रोतले बतायो । पछिल्लो समय जेलर तिमिल्सेना प्रति कैदीबन्दीनै असन्तुष्ट रहेका छन् । तिमिल्सेनाले मोटो रकम दिए तिमीहरूलाई जेलबाट भगाइदिने भन्दै आएको नाम नबताउने सर्तमा एक कैदीले बताए ।

३४ ग्राम लागूऔषध खैरो हिरोइनसहित पारस बम, राम सिराडी र इश्वर पौडेल चार महिना अगाडि पक्राउ परेका थिए । पक्राउ परेका मध्ये जेलर तिमिल्सेनाले पौडेलबाट रूपैयाँ लिएर भगाएका हुन् ।

यस विषयमा जेलर तिमिल्सेनालाई बुझ्दा उनले कैदी पौडेललाई छोडेको स्वीकार गरेका छन् । उनले आफूले रूपैयाँ नलिएको जिकिर गरे । उनले इश्वर पौडेल १५ ग्राम लागूऔषध खैरो हिरोइनसिहत पक्राउ परेको मुद्दामा सफाइ पाएको आधारमा छोडेको बताए ।

 उनले ३४ ग्राम खैरो हिरोइनसहित पक्राउ परेको मुद्दामा भने सफाई नपाएको पनि स्वीकार गरे । उनले पौडेलको एक सातादेखि खोजी भइरहेको बताएका छन् ।

clock सोमबार ०१, साउन २०८० १०:०१     विश्वास खबर

प्रतिक्रिया