पुनर्वासमा सहायक वडा सचिव सहित दुई पक्राउ

  शुक्रबार २९, असार २०८० १६:५६

पुनर्वास । लागुऔषध सहित कञ्चनपुरको पुनर्वासमा सहायक वडा सचिव सहित दुई जना पक्राउ परेका छन्  ।

पुनर्वास नगरपालिका वडा नम्बर १० का सहायक वडा सचिव कृष्ण बडू र वडा नम्बर ४ का स्थानीय असीम थापा शुक्रवार ५४१ मिलिग्राम लागुऔषध सहित दुई जना पक्राउ परेका हुन्  ।

दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका इन्चार्ज नरेश राज मल्लले बताए  ।

clock शुक्रबार २९, असार २०८० १६:५६

प्रतिक्रिया