एसईईमा जिल्ला प्रथम भएका सीताराम माविका कठायतलाई गर्यो नगरपालिकाले सम्मान

  शुक्रबार २९, असार २०८० १६:४५

धनगढी । एसईई परिक्षाको नतिजामा डोटी जिल्ला प्रथम भएका सीताराम माविका अर्जुन कठायतलाई शिखर नगरपालिकाले सम्मान गरेको छ ।

शिखर नगरपालिकामा प्रमुख दीर्घबहादुर बलायर र उपप्रमुख सुनिता रावल जोराले सम्मान गरेका हुन । सीताराम माविका अर्जुन कठायत  जिल्लामै सबैभन्दा बढी ३.९ जिपिए सहित कठायत प्रथम बनेका हुन्।

सामुदायिक विद्यालय तर्फ सीताराम माविका कठायतले सबैभन्दा बढी ३.९ जीपिए ल्याएका थिएभने निजी विद्यालय तर्फ सूजंग स्कूलका नवीन बलायर र उपेन्द्र शाहीले ३.८५ जिपिए प्राप्त गरे ।
 

clock शुक्रबार २९, असार २०८० १६:४५

प्रतिक्रिया