डोटीमा चट्याङ लागेर एक जनाको मृत्यु

  बिहिबार २८, असार २०८० १७:२८

डोटी । डोटीमा बिहीबार चट्याङ लाग्दा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको बडीकेदार गाउँपालिका वडा नम्बर ५ दुदीला गाउँमा चट्याङ लाग्दा स्थानीय ६६ बर्षिय हर्क बहादुर बोहराको मृत्यु भएको प्रहरी चौकी खड्यौलीले जानकारी दिएको छ ।

दिउँसो करिब २ बजे तिर घरमा बसिरहेको अवस्थामा चट्याङ लाग्दा बोहराको मृत्यु भएको उनका छोरा सुरेश बोहराले जानकारी दिएको प्रहरीले जनाएको छ ।

चट्याङका कारण सोही गाउँका डम्मर सिंह बोहराका ६ वटा बाख्राको समेत मृत्यु भएको स्थानीयले जानकारी दिएका छन् ।

clock बिहिबार २८, असार २०८० १७:२८

प्रतिक्रिया