अत्तरिया उधोग वाणिज्य संघका नव निर्वाचित पदाधिकारीद्धारा पद तथा सपथ

  बिहिबार २८, असार २०८० १६:२७

धनगढी । कैलालीको अत्तरिया उधोग वाणिज्य संघका नव निर्वाचित पदाधिकारीले पद तथा गोपनियताको सपथ लिएका छन्। उनीहरुले मुख्य निर्वाचन अधिकृत विरबहादुर जेठाराबाट बिहीबार सपथ लिएका हुन्। 

गत असार २३ गते सम्पन्न निर्वाचनमा संघको अध्यक्षमा कल्याण सिंह बोहरा विजयी भएका थिए भने उपाध्यक्ष उधोगमा दल बहादुर खड्का, उपाध्यक्ष वाण्ज्यिमा फागुराम चौधरी र उपधाध्यक्ष वस्तुगततर्फ चेतराज पन्त विजयी भएका थिए।

त्यसैगरी महासचिवमा शंकर बहादुर खड्का, कोषाध्यक्षमा हेमराज भण्डारीे सचिवमा दिलिपकुमार साँउद निर्वाचित भएका थिए। सदस्यहरुमा रमेश भट्राई, बम बहादुर बोगटी, ज्ञानेन्द्र खड्का र बालकृष्ण ओझा विजयी भएका थिए।

clock बिहिबार २८, असार २०८० १६:२७

प्रतिक्रिया