गोदावरी नगरपालिकाद्धारा नयाँ भवनमा पुजा

  बिहिबार २८, असार २०८० १६:१८

अत्तरिया । कैलालीको गोदावरी नगरपालिकाले नयाँ निर्माण भैरहेको भवनमा पुजापाठ गरेको छ । बिहिबार नगरप्रमुख विरेन्द्र भट्टले कार्यस्थलमा पुजापाठ गरेका हुन । अबको केही दिन भित्रै भवनमा प्रवेश गरिने भएकाले पुजापाठ गरिएको नगरप्रमुख भट्टले बताए ।

उनले भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको र त्यसपश्चात लामो समयसम्म भवन प्रवेश गर्ने साईत नभएकाले पण्डितलाई बोलाएर पुजापाठ गरिएको बताए ।

‘मुल पुजा हाम्रो माघ ४ गते हुन्छ, सोही दिन सम्भवत भवनको उद्घाटन पनि गर्ने र हस्तान्तरण पनि लिने योजना छ’ उनले भने ‘साउनमा प्रशासनिक कार्यका लागि सर्नुपर्ने र आज शुभ साईत भएकाले सामान्य पुजापाठ गरिएको हो ।

उनले अब नगरपालिकाका केही शाखाहरुलाई नयाँ भवनमा सारिने समेत बताए । ‘अब यहाँ सुरक्षाका दृष्ट्रिकोणले पनि केही शाखाहरु राखिन्छन’ उनले भने ‘हाल नागरिकसँग खासै नजोडिएका शाखाहरु यहाँ आउँछन ।’ 

उनले आर्थिक वर्षको पहिलो महिनामा खासै कामहरु पनि नहुँने भएकाले शाखाहरु नयाँ भवनमा सारिने बताए । नगरप्रमुख भट्टले कागजातमा हस्ताक्षर गर्दै नयाँ भवनबाट कार्यको थालनी समेत गरेका थिए ।

clock बिहिबार २८, असार २०८० १६:१८

प्रतिक्रिया