बैतडीमा नब्बे प्रतिशत रोपाइँ सकियो

  आइतबार २४, असार २०८० १६:५२

बैतडी । बैतडीमा यो वर्षको रोपाइँ अन्तिम चरणमा पुगेको छ । असार पहिलो सातासम्म वर्षा नहुँदा रोपाइँ हुन सकेको थिएन । तर,मनसुन सुरु भएसँगै पानी पर्न थालेपछि धमाधम रोपाइँ भएको हो ।

कृषि ज्ञान केन्द्र बैतडीले हालसम्म ९० प्रतिशत रोपाइँ सम्पन्न भइसकेको छ । सिँचाइको सुविधा भएको ठाउँमा वर्षाअघि रोपाइँ सम्पन्न भएको भएपनि र आकाशे पानीले रोपाइँ हुने क्षेत्रमा वर्षापछि हाल रोपाइँ भइरहेको छ ।

वर्र्षमा तीन खेती गर्ने बेँसीतिर रोपाइँ गर्न बाँकी रहेको र केही अन्य स्थानमा पनि बाँकी रहेको उहाँको भनाइ छ । यो महिनाको अन्तिमसम्म सबैतिर रोपाइँ सकिने उहाँले बताउनुभयो । जेठ १५ गतेदेखि असार मसान्तसम्म रोपाइँका लागि उत्तम समय मानिन्छ ।

वर्षा भएपछि रोपाइँ गर्न सहज भएको बैतडीको दोगडाकेदार ३ श्रीकोटका किसान बताउँछन् । वर्षा नहुँदा यसअघि रोपाइँ नभएको ठाउँमा अहिले रोपाइँको चटारो परेको छ ।

clock आइतबार २४, असार २०८० १६:५२

प्रतिक्रिया