रोटरी क्लव अफ धनगढीको अध्यक्षमा पुनः भट्ट

  आइतबार २४, असार २०८० १६:२७

धनगढी । रोटरी क्लव धनगढीको अध्यक्षमा प्रकाशचन्द्र भट्ट चयन भएका छन्। भट्ट यस अघि क्लवका संस्थापक अध्यक्ष समेत भइसकेका छन्। भट्ट बर्ष २०२४ का लागी अध्यक्षमा पुनः चयन भएका हुन्।

सन् २०१३ सालमा स्थापना भएको रोटरी क्लव अफ धनगढीको संस्थापक अध्यक्ष भएर काम गरेका भट्टलाई क्लवको ११ औँ अधिवेशनबाट अध्यक्षमा फेरी चयन गरेको हो।

भट्टले सबैको आग्रहपछि आफु फेरी अध्यक्षमा दोहोरिएको बताए। भट्टको कार्यकाल जुलाई १ बाट डिसेम्बर सम्मको रहने छ।

रोटरी क्लव अफ धनगढीले विभिन्न सामाजिक कार्य गर्दै आइरहेको छ। क्लवले शिक्षा, स्वास्थ्य, द्वन्द पिडित, पर्यावरण, महिला तथा बालबालिका तथा आर्थिक क्षेत्रमा समेत काम गर्ने गरेको छ।

clock आइतबार २४, असार २०८० १६:२७

प्रतिक्रिया