आजको मौसमः लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

  आइतबार २४, असार २०८० १०:०१

काठमाडौँ ।आज देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। 

कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा आज मेघ गर्जनसहित भारी वर्षा हुने हुँदा सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। 

हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ अवस्थित रहेको छ। 

आज विशेषगरी लुम्बिनी  र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा भारी वर्षा हुने पनि महाशाखाले जनाएको छ। 

clock आइतबार २४, असार २०८० १०:०१

प्रतिक्रिया