अत्तरिया उद्योग वाणिज्य संघको अध्यक्षमा बोहरा निर्वाचित

  आइतबार २४, असार २०८० ०९:४०

धनगढी । अत्तरिया उधोग वाणिज्य संघको अध्यक्षमा कल्याण सिंह बोहरा निर्वाचित भएका छन्। उनी २४ मतान्तरले विजयी भएका हुन्। एक हजार पाँच सय ६३ जना मतदाता रहेको संघमा शनिवार भएको मतदानमा एक हजार तीन सय मत खसेको थियो। 

बोहराले पाँच सय ९४ मत पाएका हुन्। मीना देउवाको पाँच सय ७० मत छ। अध्यक्षका अर्का उम्मेदवार कविराज भट्टले ७३ मत पाएका छन्। बोहरा र देउवाले प्यानलसहित प्रतिष्पर्धामा रहेका थिए। 

उपाध्यक्ष उधोगमा दलबहादुर खड्का विजयी भएका छन्। उनी देउवा प्यानलबाट उम्मेदवार थिए। खड्काले सात सय ११ मत ल्याउँदा बोहरा प्यानलका यज्ञराज जोशीले पाँच सय ३२ मत ल्याए।

त्यस्तै उपाध्यक्ष वाणिज्यमा ५ सय ५२ मतकासाथ फागुराम चौधरी विजयी भए। चौधरी पनी देउवा प्यानलका उम्मेदवार हुन्। उनका प्रतिद्धन्दी बोहरा प्यानलका देवराज भट्टले पाँच सय ८२ मत ल्याए।

वस्तुगततर्फ बोहरा प्यानलका चेतराज पन्त ६ सय ४४ मतकासाथ विजयी भए। उनका प्रतिष्पर्धी देउवा प्यानलका लक्ष्मण धामीले पाँच सय ७५ मत ल्याएकाछन्।

त्यसैगरी महासचिवमा बोहरा प्यानलका शंकरबहादुर खड्का विजयी भएका छन्। उनले  ६ सय २८ मत ल्याएर विजयी हुँदा देउवा प्यानलका अर्जुन खड्काले पाँच सय ९६ मत पाए ।

कोषाध्यक्षमा पनि बोहरा प्यानलका हेमराज भण्डारीे ६ सय २६ मतसहित विजयी भएका छन्। उनका प्रतिद्धन्दी देउवा प्यानलका दिपकराज भट्टले ५ सय ९६ मत ल्याएका छन्। सचिवमा दिलिपकुमार साँउदले ६ सय ९५ मत ल्याएर विजयी भएका छन्।

उनी बोहरा प्यानलका उम्मेदवार हुन्। उनका प्रतिद्धन्दी देउवा प्यानलका हर्कबहादुर विकले ४ सय ९९ मत पाएका छन्। त्यसैगरी सदस्यहरुमा बोहरा प्यानलका रमेश भट्टराई, बमबहादुर बोगटी, ज्ञानेन्द्र खड्का विजयी भएका छन् भने देउवा प्यानलका बालकृष्ण ओझा विजयी भएका छन्। ११ पदका लागि भएको निर्वाचनमा २३ जनाले उम्मेदवारी दिएका थिए।

clock आइतबार २४, असार २०८० ०९:४०

प्रतिक्रिया