महाकाली तेस्रो चरणको नहरमा भोलि परीक्षणका लागि पानी छोड्ने तयारीे

  बिहिबार २१, असार २०८० १६:४६

कन्चनपुर । महाकाली सिचाई आयोजनाले तेस्रो चरणको नहरमा परीक्षणका लागि पानी छोड्ने तयारी पुरा गरेको छ। आयोजनाद्वारा जारी एक सूचनामा भोलि शुक्रबार नहरमा पानी छोडिने तयारी पुरा भएको जनाइएको छ। 

ब्रम्हदेवदेखि फुलैलीको घरकटुवासम्म नहरमा पानी छोडिने भएकोले सो क्षेत्रका वासिन्दालाई आफ्ना बालबालिका, चौपायालगायतको सुरक्षामा ध्यान दिन आयोजनाले आग्रहसमेत गरेको छ।

निर्माण सम्पन्न भएको मूल नहरमा परीक्षण गरेर पानी सञ्चालनको तयारी भइरहेको आयोजनाका सूचना अधिकारी उमेश गुप्ताले बताए। नेपाल–भारतबीच भएको महाकाली सन्धिअनुसार टनकपुर ब्यारेजदेखि नेपाली भूमिसम्म भारतले निर्माण गर्नु पर्ने एक हजार दुई सय मिटर नहर निर्माणको काम सम्पन्न भएको छ।

२९ माघ २०५२ मा नेपाल र भारतबीच महाकाली सन्धि भएको थियो। सन्धि भएको १० वर्षपछि आर्थिक वर्ष २०६३÷०६४ देखि निर्माण थालिएको नहरमा पानी सञ्चालन हुने भएको हो।

clock बिहिबार २१, असार २०८० १६:४६

प्रतिक्रिया