धनगढीका नगरप्रहरीलाई लामितालमा वाटर रेस्क्यु प्रशिक्षण गराइँदै

  बुधबार २०, असार २०८० १७:४७     विश्वास खबर

धनगढी । धनगढी उपमहानगरपालिकाका नगरप्रहरीहरुलाई वाटर रेस्क्यु प्रशिक्षण गराइँदै छ । कैलालीको गोदावरी नगरपालिका – २ अत्तरियामा रहेको लामितालमा नगरप्रहरीहरुलाई वाटर रेस्क्यु प्रशिक्षण गराउन सुरु भएको हो ।  

उपमहानगरपालिकाले जल उत्पन्न प्राकृतिक प्रकोपको जोखिममा परेकालाई  उद्दार गर्न नगरप्रहरीलाई परिचालन गर्न रेस्क्यु प्रशिक्षण दिन लागेको हो । २३ गते सम्म संचालन हुने रेस्क्यु प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रममा २५ जना नगर प्रहरीको सहभागिता रहेको छ ।

उपमहानगरपालिकाको विपत व्यवस्थापन शाखाका प्रमुख दिपक भण्डारीले नगरप्रहरीलाई पहिलो पटक वाटर रेस्क्यु प्रशिक्षण दिन लागिएको बताए । उनले डुवान वाढीको पुर्व तयारी स्वरुप नगर प्रहरीलाई तालिम दिन लागिएको बताए ।

‘अब नगर प्रहरीलाई पनि बाढी र डुवानमा परेकाहरुको उद्दारका लागि तयारी अवस्थामा राखिने छ’ उनले भने ‘नगरमा रहेका सबै २५ जना नगरप्रहरीलाई हामीले तालिम दिन लागेका छौ ।’

उनले उपमहानगरपालिकाले बाढी र डुवानको उद्दार संम्बन्धि प्रशिक्षण संगै खोज तथा उद्दारका लागि आवश्यक सामाग्रीको पनि जोहो गरेको बताए । उनले नगरमार्फत जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरीलाई पनि उद्दारका सामाग्री हस्तान्तरण गरिसकिएको बताए ।

धनगढी उपमहानरपालिकालाई युएडीपीको सुपर परियोजनाले ३६ लाख ९७ हजार रुपैयाँ बराबरका उद्दार सामग्री उपलब्ध गराएको थियो । जसमा लाइव ज्याकेट, स्टेचर, मेगा फोन, गम बुट, सेफ्टी बेल्ट, चेन कटर, सिडी लगायतका सामाग्री रहेका छन ।

धनगढी उपमहानगरपालिकाका नगर प्रहरी नायव निरिक्षक कृष्ण मल्लले विपत व्यवस्थापन तालिमले वाढी र डुवानमा उद्दार गर्न सहज हुने बताए । उनले तालिममा स्वुमिङ संगै बोट चलाउने सिप नि प्रदान भएको बताए ।

नगर प्रहरीलाई अत्तरियामा रहेको लामिताल संगै बगिरहेको पानीमा प्रशिक्षण गराउन मोहना नदीमा पनि लगिने छ । तालिममा सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण कैलाली प्रशिक्षण दिइरहेको छ । तालिममा उद्दार गर्ने तरिका, स्थानीय श्रोत साधनको प्रयोग गर्ने तरीका, (याफ्ट बोर्ड प्रयोग गर्ने बिधि लगायतका बारेमा जानकारी दिइने जनाइएको छ ।

clock बुधबार २०, असार २०८० १७:४७     विश्वास खबर

प्रतिक्रिया