गेटा विश्वविद्यालय अगाडी होम गरिने

  बुधबार २०, असार २०८० १७:४१

अत्तरिया । शहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय अगाडी होम गरिने भएको छ । शहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्याल संघर्ष समितिले दवावमुलक कार्यक्रम अन्तरगत बुधबार बिहान होम गर्न लागेको हो ।

संघर्ष समितिका संयोजक लोक राज पाण्डेले चालू सांसदमा मेडिकल विश्वविद्यालयको विधेयक पास गरी यथाशीघ्र ६०० शैय्याको अस्पताल संचालनका लागि दवाव दिन होम गर्न लागिएको बताए ।

उनले विश्वविद्यालयको मुल गेट अगाडि ब्राह्मण मन्त्र सहितको होम गरिने बताए । सरकारले माघ २९ गते मन्त्रिपरषदको बैठकबाट गेटामा शहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना घोषणा गरेर जेठ ५ को नीति कार्यक्रममा पनि समेटेको भएपनि जेठ १५ को बजेट भाषणमा गेटामा प्रतिष्ठान बनाएर १ सय शैय्याको अस्पताल चलाउने बताएपछि सुदूरपश्चिममा आन्दोलन सुरु भएको थियो ।

clock बुधबार २०, असार २०८० १७:४१

प्रतिक्रिया