कैलाली प्रहरी धमाधन विभिन्न मुद्धाका फरार भगाैडा पक्राउ गर्दै

  बिहिबार ०२, चैत २०७९ २१:२९

कैलाली । जिल्ला प्रहरी कार्यालय कैलालीले फरार प्रतिवादी धमाधम पक्राउ गर्न अभियान नै सन्चालन गरेकाे छ। पछिल्लो समय जिल्ला प्रहरी कार्यालय कैलालीको टिमले फरार प्रतिवादीलाई सजाय भुक्तान गराउन पक्रने अभियान थालेको हो।

बिना इजाजत वन पैदावार हटाएको मुद्दामा फरार रहेका ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आज मात्रै बिना इजाजत वन पैदावार हटाएको मुद्दामा फरार रहेका गोदावरी नगरपालिका वडा नम्बर २ बस्ने रुपेश थापा, ललित ओली, अर्जुन बोहरा र भानु ओलीलाई लुकिछिपि बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको जनाएको छ। 

जिल्ला अदालत कैलालीले जनही रु. ८३ हजार ९ सय ७० जरिमाना तोकि फैसला भई सजाय तोकिएकोमा फरार रहेका उनीहरुलाई समातिएको डिएसपी कुलदिप चन्दले जानकारी दिए।

यस्तै बुधबार पनि सवारी ज्यान र चोरी कसुर सम्बन्धिका २ जना फरार प्रतिवादीलाई समातिएको थियो। ईलाका प्रहरी कार्यालय सुखडबाट खटिएको टोलीले उनीहरुलाई समातेको थियो। पक्राउ परेका फरार प्रतिवादीलाई कैद भुक्तानका लागि प्रहरीले जिल्ला अदालतमा बुझाएको छ।

clock बिहिबार ०२, चैत २०७९ २१:२९

प्रतिक्रिया