साफ च्याम्पियनसिपको उपाधि भारतलाई : कुवेत पेनाल्टी सुटआउटमा पराजित

  बुधबार २०, असार २०८० ०६:५४

काठमाण्डौ । भारतले १४ औँ सस्करणको साफ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ ।

गएराति बेंगलोरमा भएको फाइनल खेलमा कुवेतलाई पेनाल्टी सुटआउटमा ५–४ गोलले हराउँदै भारतले उपाधि जितेको हो ।

निर्धारित र अतिरिक्त समयको खेल १–१ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।

शबैश अल खाल्दीले खेलको १४ औँ मिनेटमा गोल गर्दै कुवेतलाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर कुवेतले अग्रता जोगाउन सकेन । लल्लियान्जुआला चाग्तेले ३८ औँ मिनेटमा गोल गरी भारतलाई बराबरीमा ल्याए ।

पेनाल्टी सुटआउटमा कुवेतका कप्तान खालिद हाजियाको प्रहार गोलकिपर गुरप्रित सिंह सन्धुले रोकेपछि भारत प्रतियोगिताको च्याम्पियन बनेको हो ।

भारतले योसहित नवौँ पटक साफ च्याम्पियनसिपको उपाधि जितेको छ ।

clock बुधबार २०, असार २०८० ०६:५४

प्रतिक्रिया